जापानमा तातो हावा : छाता र छहारीको प्रयोग गर्न आग्रह

आजको खबर   |    प्रकाशित : २०७५ साउन १८ गते १३:५५

टोकियो, जापान । जापानी अधिकारीले आफ्ना नागरिकलाई मुलुकका धेरैजसो भूभागमा फैलिएको उष्ण वायुको प्रभावबाट जोगिन स्थानीय जातका रसिला फलफुल तथा खाना खाने र छाता र छहारीको प्रयोग गर्न आग्रह गरेका छन्।

जापानमा गत महिनादेखि महशुस गरिएको उष्ण वायुका कारण शुक्रबारसम्म ११९ जनाको मृत्यु भएसकेको छ भने गर्मीका कारण विरामी परेका ४९ हजार व्यक्तिले अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन्।

तापक्रममा देखिएको अस्वभाविक वृद्धि अझै पनि कायमै रहेको छ। टोकियोदेखि उत्तरी क्षेत्रमा गर्मीका कारण विरामी हुनेको सङ्ख्या बढ्ने क्रम जारी रहेपछि सरकारी अधिकारीले बुधबारदेखि जनतालाई तातो हावाबाट बच्न छाता वा छहारीको प्रयोग गर्न अनुरोध गर्दै सचेतनामुलक कार्यक्रमहरू नै शुरु गरेका छन्।

प्राय छालालाई स्वच्छ राख्न जापानी महिलाहरूले अपनाउने उपायहरूलाई सवैले अवलम्बन गर्न आग्रहसहित सचेतनामुलक कार्यक्रमहरूलाई सार्वजनिकस्थल, रेडियो तथा टेलिभिजनबाट प्रचार गरिएको छ।

साइतामा प्रान्तका सरकारी अधिकारी रयोजी कुरिहाराले एएफपीसँग भने, “मैले छाता महिलाहरूका लागि बनेको साधन हो जस्तो सोच्ने गर्थेँ । मैले छाताको प्रयोग गर्दिनथेँ किनकि घमाइलो दिनमा पुरुषहरूले छाताको प्रयोग कमै गरेको देख्थेँ।” “तर मैले छाताको प्रयोग गर्नुपर्ने कुरालाई महशुस गरेको छु। मैले छातामूनिको वातावरणलाई निकै शितल पाएको छु,” उनले भने।

यस्तै छाता तथा छहारी प्रयोगका लागि अभियानका साइतामा क्षेत्रका प्रमुख तोमोमी अन्जाईले भने, छाताको प्रयोगका लागि जनचेतनामूलक कार्यक्रमबाट ‘लू’बाट अस्वस्थ बन्ने वा जीवन गुमाउने खतरालाई कमी गर्ने उद्देश्यले यो कार्यक्रमको शुरुवात गरिएको हो। तातोबाट प्रभावित भएपनि महिलाहरूले प्रयोग गर्ने पहिरन वा छाताको प्रयोग गर्नु पुरुषहरूका लागि विशेष चासोको विषय बनेको छ।

एक जना २३ बर्षीय विद्यार्थी शिजे कातोले भने, “मैले यसलाई प्रयोग गर्दिन किनकि यो नारीसुलभ सामग्री हो। मैले ह्याट (टोपी) वा घाममा प्रयोग गर्ने क्रिम (सनव्लक) प्रयोग गर्छु।” जव जापानमा अहिलेसम्मकै अत्यधिक तातोको महशुस गरियो साइतामाको राजधानी कुमागायामा यस अभियानलाई सञ्चालन गरिएको हो।

कुमागायामा गत हप्ता अहिलेसम्मकै सवैभन्दा बढी ४१.१ डिग्री सेल्सीयसको तातोपन महशुस गरिएको थियो। सोही दिन टाकियोमा पनि पहिलो पटक ४० डिग्री सेल्सियस पुगेको थियो।

जापानको मौसम हेर्ने निकायले मुलुकका धेरैजसो भूभागमा अगस्तभर नै ३५ डिग्री सेल्सियस वा योभन्दा बढी तातो मौसम रहने चेतावनी दिएको छ। रासस

२०७५ साउन १८ गते १३:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर