मोरङको लेटाङमा पिकअप भ्यान दुर्घटना, २ जनाको मृत्यु, १३ घाइते

आजको खबर   |    प्रकाशित : २०७५ साउन १८ गते १३:५७

मोरङ । मोरङको लेटाङ १ स्थित कुईगुण्डामा एक पिकअप बोलेरो अनियन्त्रित भई भिरबाट खस्दा २ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन्।

केराबारीको सिंहदेवी बाट लेडाङ जादै गरेको पिकअप बोलेरो वर्षाले बाटो बिगारे पछि अनियन्त्रीत भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।

दुर्घटनामा परि घटनास्थलमै भारतको आसाम घर भएका २१ वर्षिय तपन ठकुरीको मृत्यु भएको छ। धनकुटाको चौबिसे गाउँपालिकाकी चन्द्र माया लिम्बुको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न ल्याउने क्रममा मृत्यु भएको छ।

प्रतिष्ठानमा उपचार गराईरहेका अधिकांशको अवश्था गम्भीर रहेको प्रतिष्ठान स्थित प्रहरी बिटले जनाएको छ । बाटो हिलाम्मे भएका गाडीको ब्रेकफेल भएर दुर्घटना भएको घाइतेहरुले जनाएका छन्।

२०७५ साउन १८ गते १३:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर