बिएमडब्लू कार कुदाईरहेका ४ युवाको यसरी ज्यान गयो (भिडियो सहित)
आजको खबर | प्रकाशित : २०७५ साउन १८ गते १५:४६

एजेन्सी । तीव्र गतिमा कुदाइएको बि एम डब्लु कार अनियन्तीत्र भई दुर्घटनामा पर्दा ४ युवाको ज्यान गएको छ । इंग्ल्याण्डको उत्तरी सहर ब्रेडफोर्डमा प्रहरीले उनीहरुको पिछा गरिरहेको थियो ।
तिव्र गतिमा कुदाइएको कार अनियन्त्रीत भई सडक छेउको रुखमा ठोकिए पछि उनीहरुको ज्यान गएको हो । ब्रेडफोर्डको हिटन सहर नजिक कार दुर्घटनामा परेको हो । स्थानियहरुले घटना निकै विदारक पुर्ण रहेको प्रतिक्रीया दिएका छन् ।
प्रहरीले एउटा घटनाको अनुसन्धान गर्न भनी उनीलाई प्रकाउ गर्न खोजेको थियो । तर, कार धेरै नै कुदाए पछि सडक छेउमा ठोकिएर ती युवाहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा २० देखि २५ बर्ष उमेर समुहका युवा रहेका छन् । (हेर्नुहोस् भिडियो)
२०७५ साउन १८ गते १५:४६ मा प्रकाशित