नेपालको अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित
कुमार चौलागाई प्रकाशित : २०७५ साउन १८ गते १८:२४

कुमार चौलागाई
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को सदस्यता पाएको ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ। दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलेको नेपालले नेदरल्यान्ड्सलाई उसकै घरेलु मैदानमा एक रनले पराजित गर्दै इतिहास रच्न सफल भएको हो।
२१७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको नेदरल्यान्ड्सले पुरै ओभर खेल्दै २१५ रन मात्र बनाउन सक्यो। नेपालका लागि सन्दिप लामिछाने ३, ललित भण्डारीले २, सोम्पाल कामी, कप्तान पारस खड्का, वसन्त रेगमी र दिपेन्द्रसिंह एैरीले समान एक/एक विकेट लिएका थिए।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको योगफल बनाएको थियो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए। उत्कृष्ट ब्याटिङ गरेका उनले ४६ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ६१ रन जोडेका हुन्। त्यस्तै नेपाली टोलीका कप्तान पारस खड्काले पनि अर्धसतक प्रहार गरे। ६९ बल खेलेका उनले दुई छक्का र ६ चौका प्रहार गरे।
सुवास खकुरेल १९, दीपेन्द्रसिंह ऐरी १९, अरिफ शेख १६, उपकप्तान ज्ञानेन्द्र मल्ल १३, सन्दीप लामिछाने आठ, अनिलकुमार साह चार, ललित भण्डारी चार, रोहितकुमार पौडेल छ तथा वसन्त रेग्मीले एक रनमात्र जोडे। बलिङतर्फ नेदरल्यान्ड्सका फ्रेड क्लासेनले तीन विकेट लिए भने पिटर सिलर र माइकल रिप्पोनले दुई/दुई विकेट लिए। दुई खेलको शृंखलामा नेपाल यसअघि बुधबार भएको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो। योसँगै २ खेलको सिरिज १/१ को बराबरीमा सकिएको छ।
सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो भने नामिवियामा गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको हो।
सन् २०१० मा डिभिजन–५ मा रहेको नेपालले आठ वर्षको अन्तरमा ठूलो फड्को मारेको हो। नेपालले सन् १९९६ मा आइसिसीबाट एसोसिएट टिमको मान्यता पाएसँगै अन्तर्राट्रिय क्रिकेट खेल्न थालेको थियो। शुरुवातमा नेपालले आइसिसी र एसिसीका विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गरेको थियो।
सन् २००८ मा नेपाल फिजीसँग हार्दा दुई वर्ष डिभिजन–५ मै रह्यो । सन् २०१० मा भने घरेलु भूमिमा आयोजना भएको डिभिजन–५ प्रतियोगितामा अमेरिकालाई पराजित गर्दै नेपाल च्याम्पियन नै बन्यो । त्यही वर्ष नेपालले डिभिजन–४ खेल्ने अवसर पाएको थियो । इटालीमा भएको डिभिजिन–४ मा नेपाल तेस्रो स्थानमै सीमित बन्यो।
सन् २०१२ मा मलेसियामा भएको डिभिजन–४ मा नेपालले अर्को सफलताको खुड्किलो उक्लियो । नेपाल डिभिजन–४ को च्याम्पियन बनेर डिभिजन–३ मा पुग्यो । सन् २०१३ मा नेपाल डिभिजन–३ को च्याम्पियन बनेको थियो । डिभिजन–३ को च्याम्पियन बनेपछि नेपालले विश्वकप छनोट प्रतियोगितामा स्थानसमेत बनाएको थियो।
एकपछि अर्को राम्रो प्रदर्शन गर्दै अघि बढेको नेपाल सन् २०१४ मा डिभिजन थ्रीको दोस्रो पटक विजेता बन्यो । २०१४ मै नेपालले टि–ट्वान्टी विश्वकप क्रिकेट पनि खेलेको थियो । सन् २०१५ मा नेपालले डिभिजन–२ प्रतियोगिता खेल्यो। तर चौथो स्थानमा सीमित भयो । यद्यपि, नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा भने स्थान बनाउन सफल भयो।
दुई वर्ष चलेको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौँ स्थानमै सीमित बन्दा नेपाल फेरि डिभिजन–२ खेल्न बाध्य भएको थियो। सन् २०१८ को फेब्रुअरीमा नामिबियामा भएको डिभिजन–२ मा दोस्रो हुँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउन सफल भयो।
लगत्तै जिम्बावेमा भएको विश्वकप छनोटमा समूह चरणबाट बाहिरिए पनि नेपालले प्लेअफमा पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय मान्यता पाउने कान्छो टोली बन्न सफ भयो। नेपालसहित वान डे मान्यता पाउने टोलीको संख्या अब २३ पुगेको छ। रासस
bookmarked!!, I love your website!
Feel free to surf to my web site … 비트코인선물거래
Great post. I was checking continuously this blog and I’m impressed!
Very useful information specially the last part 🙂 I care for such information much.
I was looking for this particular information for a very long time.
Thank you and best of luck.
Here is my blog :: 먹튀검증
Hi there everybody, here every one is sharing these kinds of familiarity, so it’s pleasant to read this webpage,
and I used to pay a quick visit this blog all the time.
Heya i’m for the first time here. I found this board and I
find It really useful & it helped me out much. I hope to give something back and help others like
you helped me.
What’s up Dear, are you actually visiting this site regularly, if so afterward you will without doubt get good experience.
Excellent goods from you, man. I have understand your stuff previous to and
you’re just too great. I actually like what you’ve acquired here, really
like what you are stating and the way in which
you say it. You make it enjoyable and you still care
for to keep it wise. I can’t wait to read much more from you.
This is really a great web site.
I’m extremely impressed with your writing skills and also with the layout on your weblog.
Is this a paid theme or did you modify it yourself? Anyway keep up the nice
quality writing, it’s rare to see a great blog like this one today.
Feel free to visit my web blog 먹튀검증
fantastic put up, very informative. I’m wondering why the opposite experts of this sector do
not understand this. You must proceed your writing.
I am sure, you have a huge readers’ base already!
Heya just wanted to give you a quick heads up and let you know a few of the
images aren’t loading properly. I’m not sure why but I
think its a linking issue. I’ve tried it in two different browsers and both show the same results.
Great post.
Here is my site: 카지노사이트