धनुषामा गोली प्रहार गरी एक युवकको हत्या
आजको खबर | प्रकाशित : २०७५ साउन १८ गते २३:४६

महेन्द्रनगर, धनुषा । गोली प्रहार गरी यहाँ एक युवकको हत्या गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनरुवा टोल रेल्वे स्टेशन हल्ट नजिकै आज बिहान एक युवकलाई गोली हानी हत्या गरिएको हो । हत्या हुनेमा कमला नगरपालिका–८ सोनापार बस्ने २५ वर्षीय राजेश यादव रहेका छन् । यादवलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।
घटनास्थलबाट ज५प ६३२१ नम्बरको मोटरसाइकल बरामद भएको छ भने एक थान पेस्तोलसहित तीन राउण्ड गोलीको खोकासमेत बरामद भएको प्रहरीले जनाएको छ ।
२०७५ साउन १८ गते २३:४६ मा प्रकाशित