२५ लाख धरौटीमा छुटे लुट फिल्मका निर्माता वाग्ले
आजको खबर | प्रकाशित : २०७५ साउन १९ गते १:०९

काठमाडौं । नक्कली नोट छापेको आरोपमा पक्राउ परेका लुट फिल्मका निर्माता माधवराज वाग्ले पाटन उच्च अदालतको आदेशमा २५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । आजको कान्तिपुरमा समाचार प्रकाशित छ ।
अदालतले वाग्लेसँगै पक्राउ परेका कला निर्देशक महेन्द्र बोगटीलाई ३ लाख र कला सहयोगी सुदीप घिसिङलाई १० लाख रुपैयाँ धरौटीमा छाडेको छ ।
प्रहरी परिसर काठमाडौंले उनीहरुविरुद्ध नक्कली नोट छापेको अभियोगमा २ करोड ६३ लाख बिगो कायम गर्दै खोटा चलन मुद्दा दायर गरेको थियो ।
२०७५ साउन १९ गते १:०९ मा प्रकाशित