पर्यटकीय आकर्षणको केन्द्र बन्दै चितवनको ‘धर्मधाम’

आजको खबर   |    प्रकाशित : २०७५ साउन १९ गते ७:५२

–नारायण ढुंगाना

रत्ननगर, चितवन । रत्ननगरस्थित जिरौनामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’ पर्यटकीय आकर्षणको केन्द्र बन्न थालेको छ । आकर्षक कलाशैलीमा निर्माण भएकाले धर्मधाममा पर्यटकको आकर्षण बढेको हो । यो जिल्लाकै नमूना मन्दिरको रुपमा परिचित छ ।

मन्दिरमा अन्य जिल्लाका धार्मिक पर्यटकको पनि पनि भिड लाग्ने गरेको धर्मधामका अध्यक्ष श्याम बरालले जानकारी दिए । उनको अनुसार दैनिक कम्तिमा २०० देखि बढीमा ५०० सम्म धार्मिक पर्यटकहरु मन्दिर घुम्न आउँछन् ।

रत्ननगर नगरपालिका–११ जिरौनामा झण्डै रु सात करोडको लागतमा बनेको उक्त धर्मधाम गत फागुन ८ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको थियो । विसं २०२४ मा यहाँ मन्दिर स्थापना भएको थियो । १५ कठ्ठा क्षेत्रफलमा रहेको धर्मधामको पुरानो मन्दिरको स्तरोन्नति गरी सुन्दर र आकर्षक बनाइएको छ ।

‘सुनेको थिएँ, आज घुम्न पाउँदा आनन्द लाग्यो, चितवन पर्साका सागर श्रेष्ठले भन्नुभयो, मन्दिर र मूर्तिको नमूनाले मनै लोभ्यायो।’ उनिसंगै आएकी दिदी सम्झना श्रेष्ठले पनि मन्दिर देख्न पाउँदा हर्षित भईन् । धर्मधामलाई पृष्ठभूमिमा पारेर उनिहरुले कहिले संयुक्त फोटोमा सेल्फी त कहिले एक अर्काको फोटो खिचे।

नेपालकै तेस्रो पर्यटकीय गन्तव्यस्थल चितवनको सौराहाबाट झण्डै नौ किलोमिटर टाढा पर्छ धर्मधाम । धर्मधामका अध्यक्ष श्याम बरालले दशकौँदेखिको मुठीदानले सपना साकार भएकामा खुशी व्यक्त गरे। मन्दिरमा सोमबार र शनिबार भक्तजन र पर्यटकको भीड नै हुन्छ । साउनको सोमबार भने झन् बढी आउने गरेका छन् ।

धर्मधाम मन्दिर अत्याधुनिक नमूनाका साथै सुन्दर पनि छ । वृद्धाश्रम, यज्ञमण्डप, भोजनालय, उद्यानसहितको मनोरम दृष्यका साथै आकर्षक द्वार पनि मन्दिरबाट देख्न सकिन्छ । मन्दिर वरिपरि विभिन्न देवीदेवताका सुन्दर मूर्ति छन् । चितवनमा पाइने दुर्लभ एकसिंगे गैंडाको आकर्षक चित्र पनि यहाँ राखिएको छ ।

मन्दिरभित्र राधा र कृष्णको आकर्षक कलाशैलीका मूर्ति निर्माण गरिएको छ । आधुनिक तर परम्परागत रुपमा कुँदिएका झ्यालढोका, स्वर्णिम रङका भित्ता र कलात्मक टुँडालले धर्मधामको शोभा बढाएको छ । सुनको छानोझैं देखिने गजुरले झन् त्यसमा शोभा थपेको छ । कृष्णले बृन्दावनमा संगीसँग खेलेका दृष्य समेत कुँदिएको छ ।

हालसालै मात्र धर्मधाममा रु सात लाख ७५ हजारको लागतमा सत्संग भवन निर्माण गरिएको छ । यसमा दैनिकजसो सत्संग हुने गरेको श्रीकृष्ण प्रणामी युवा परिषद्का केन्द्रीय सदस्य जगदिशचन्द्र शर्माले बताए । मन्दिर देशकै नमूना भएको दावी शर्माको थियो ।

स्थानीय उर्मिला खड्का पनि दैनिकजसो नै मन्दिरमा आएर पुजाआजा गर्छिन । ‘मन्दिरमा आउँदा आनन्द महसुस हुन्छ’, उनको प्रतिक्रिया थियो । दैनिक कथावाचन र आरतीले धार्मिक आस्था भएकालाई खुशी तुल्याएको छ । बिहीबारदेखि यहाँ एक महिने वितक कथा (कृष्ण कथा) बाचन समेत शुरु भएको छ ।

रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दवाडीले पर्यटन मन्दिरको रुपमा स्थापित धर्मधामले रत्ननगरको पर्यटन विकासमा सहयोग पुगेको प्रतिक्रिया दिईन्। आध्यात्मिक चिन्तनले मानिसलाई सकारात्मक बन्न प्रेरित गर्ने उनको भनाइ थियो ।

प्रदेश नं ३ को प्रदेशसभा सदस्य कञ्चन खनालले धर्म र राजनीतिको उद्देश्य समाज विकास र सुधार नै भएकाले यी दुईको फ्यूजन गरेर अघि बढ्नुपर्नेमा जोड दिए। उक्त धर्मधामको गत फागुन ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिईन् ।रासस

२०७५ साउन १९ गते ७:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

6 thoughts on “पर्यटकीय आकर्षणको केन्द्र बन्दै चितवनको ‘धर्मधाम’

  1. Hello there, I think your website could be having
    internet browser compatibility problems. Whenever
    I take a look at your website in Safari, it looks fine
    however, if opening in I.E., it’s got some overlapping
    issues. I simply wanted to give you a quick heads up!

    Aside from that, wonderful website!

    my web page … 메이저사이트

  2. Hello there! This article couldn’t be written any better!

    Going through this post reminds me of my previous
    roommate! He always kept preaching about this.

    I most certainly will send this post to him. Fairly certain he’s going to have a great read.
    Thanks for sharing!

Leave a Reply to bandarq terpercaya Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर