पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड पुन: अवरुद्ध

आजको खबर   |    प्रकाशित : २०७५ साउन १९ गते १२:२५

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलवीरेमा पहिरो जाँदा पुनः सवारी साधन आवागमन अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छा कामना गाउँपालिका-६ जलवीरेमा दिउँसो २ः ५५ बजे पहिरो गएपछि सवारी आवागमन अवरुद्ध भएको हो।

आज बिहान भरतपुर महानगरपालिका–२९ घुमाउनेमा खसेको पहिरो २ः४५ बजे पन्छाएर सडक सञ्चालन गरिएको थियो। जलवीरेमा खसेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। पहिरोका कारण सवारी साधन रोकिएका छन्।

२०७५ साउन १९ गते १२:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर