एप्पलका संस्थापककी छोरीले भनिन्,’पिताले छोरी मान्दैनथे आमाले भाँडा माझेर घर चलाउनुभयो’

आजको खबर   |    प्रकाशित : २०७५ साउन १९ गते १२:४३

एजेन्सी। एप्पलका संस्थापक स्टिभ जब्सको आफ्नी छोरी लीसा ब्रेननसँग सम्बनध राम्रो थिएन । लिसाले आफ्नो पितासँगको सम्बनधको बारेमा ‘स्मल फ्राइ’ नामले लेखेको किताबमा यी कुरा खुलाएकी छिन्। उनले वेनिटी फेयर म्यागजिनमा किताबमा केही अंश प्रकाशित पनि गरेकी छिन्। लीसाका अनुसार उनकी आमाले घरहरुमा भाँडा माझेर घर खर्च चलाएकी थिइन् । जब्सले लिसालाई सुरुमा आफ्नी छोरी मान्न नै अस्वीकार गरेको समेत उनले खुलाएकी छिन् । यद्यपि बाबुछोरीको सम्बनध समयसँगै सुधार हुँदै गयो । जब्सको ५ अक्टोबर २०११ मा अमाशयको क्यान्सरका कारण निधन भइसकेको छ ।

लिसाले लेखेकी छिन् ‘स्कुलमा मैले सबैलाई बताएँ कि मेरो पिता स्टिभ जब्स हुन् । साथीहरुले उल्टै सोधे उनी को हुन् ? मैले भनें उनी निकै चर्चित छन् । उनले पर्सनल कम्प्युटरको खोज गरेका हुन् । उनी एउटा ठूलो घरमा बस्छन् र कन्भर्टिबल पोर्श कार चलाउँछन् । गाडीमा केहीले कोरियो भने उनले नयाँ गाडी किन्छन् ।’ लीसा ब्रेनन जब्सको जन्म १७ मे १९७८ मा भएको थियो । आमा क्रिशन र पिता स्टिभ त्यतिबेला २३ वर्षका थिए । क्रिशनले एक साथीको फार्महाउसमा लिसालाई जन्म दिएकी थिइन् ।

लिसा जन्मिँदा स्टिभ त्यहीँ थिए । तर क्रिशनले कसैलाई बताइनन् कि छोरीका पिता को हुन्। लिसाले लेखेकी छिन् ‘म २ वर्षकी हुँदासम्म आमाले मलाई सामाजिक संस्थाले दिने सहयोग र अरुको घरमा भाँडा माझेर पाल्नुभयो । मेरो पिताबाट उहाँलाई कुनै सहयोग प्राप्त भएन । १९८० मा क्यालिफोर्नियाको अदालतले मेरा पितालाई आमालाई गुजारा भत्ता दिन आदेश दियो । तर उहाँले शपथपत्रमा झुट बोल्नुभयो कि उहाँ मेरो पिता हैन र उहाँ पिता बन्न नै सक्नुहुन्न । उहाँले अरु कुनै व्यक्तिको नाम लिएर उसलाई मेरो पिता बताउनुभयो ।’

डिएनए परीक्षणमा भने लिसा स्टिभकै छोरी भएको प्रमाणित भयो र अदालतले स्टिभलाई प्रतिमहिना ५ सय डलर गुजारा भत्ता क्रिशनलाई उपलब्ध गराउन आदेश दियो । यसबाहेक यी दुईको बीमाको खर्चसमेत स्टिभले नै व्यहोर्नुपर्ने फैसला गरियो । लिसाका अनुसार अदालतले यो मुद्दामा ८ डिसेम्बर १९८० मा फैसला गरेको थियो । यसको ४ दिनपछि नै एप्पल सार्वजनिक कम्पनी बन्यो र उनका पिताको सम्पत्ति २० करोड डलरभन्दा धेरै भयो ।

स्टिभ गम्भीर रुपमा बिरामी भएपछि भने लिसा उनलाई भेट्न गइरहन्थिन् । लिसाका अनुसार ‘एक दिन जब म उहाँलाई भेट्न पुगें त्यतिबेला उहाँ बेडमा हुनुहुन्थ्यो । उहाँलाई अन्तिम विदाइ भन्नुभन्दा अगाडि म उहाँको बेडरुममा गएकी थिएँ । उहाँ बेडबाट उठ्नुभयो र मलाई अंकमाल गर्नुभयो । मैले उहाँका हड्डीहरु महसुस गरें । मैले फिल्ममा जस्तै ठूलो पुनर्मिलनको आशा गरेकै थिइन् । यद्यपि म उहाँलाई भेट्न गइरहन्थें ।

लिसाले आफ्नी आमाबाट सुनेकी थिइन् कि उनका पिता आफ्ना पोर्श कारहरु केही कोरियो भने बदल्थे । लिसाका अनुसार उनी कहिलेकाहीँ हप्तामा एक दिन जब्सको घरमा बस्थिन् । किनकि आमालाई सन फ्रान्सिस्को कजेल जानुपथ्र्यो । एक दिन लिसाले सोधिन् कि पोर्श कार जब स्टिभको लागि काम नलाग्ने भएपछि के त्यो उनले लिन सक्छिन् ? स्टिभले भने बिल्कुन हुँदैन । तिमीले केही पनि पाउने छैनौ । लिसा भन्छिन् ‘मेरा पिता दयालु त पटक्कै थिएनन् । न पैसा, न खाना, न शब्दको मामिलामा ।’

२०७५ साउन १९ गते १२:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर