मस्र्याङ्दीले दुई जना बगायो, एकको उद्धार

आजको खबर   |    प्रकाशित : २०७५ साउन १९ गते १४:०४

लमजुङ । मस्र्याङ्दीमा पौडी खेल्ने क्रममा नदीले दुई जनालाई बगाएको छ। बेसीशहर-१ स्थित मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधबाट बनेको तलाउमा पौडी खेल्ने क्रममा दुई जनालाई बगाएको हो।

बेसीशहर-८ मकैडाँडाका १४ वर्षीय योगेन्द्र रिमाल र १५ वर्षीय अजित थापालाई नदीले बगाएको हो। बगाएर बेपत्ता भएकाहरुलाई प्रहरी र सेनाले खोजी गरिरहेको प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिए।

पौडी खेल्न गएका तीन जनामध्ये एक जनाको उद्धार भएको हो। करीब ४५ मिनेट पानीमा पौडिरहेका मकैडाँडाकै प्रतीक रिमाललाई नेपाली सेना, प्रहरी र स्थानीयवासीले उद्धार गरेका हुन्।

आजकै दिन बेसीशहर-१ मा रहेको गाईखुरे झरना र सँगै रहेको मध्यमस्र्याङ्दीको बाँधबाट बनेको तलाउमा नुहाउने तथा पौडी खेल्नेहरुको भीड लाग्ने गर्दछ। नदीमा तीव्र छाल र धमिलो पानी भएकाले हराएकालाई भेट्टाउन कठिन भएको प्रहरीले जनाएको छ।

२०७५ साउन १९ गते १४:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर