पाल्पाको ठिमुरेमा जिप दुर्घटना, दुई जना बेपत्ता
आजको खबर | प्रकाशित : २०७५ साउन १९ गते २३:५९

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेमा शनिबार साँझ जिप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा तानसेन नगरपालिका–१० का २५ वर्षीय विवेक पौडेल र टंक चलाउने रहेका छन् । चलाउनेको ठेगाना अझै खुल्न सकेको छैन ।
ठिमुरेको नेटा बजारदेखि तानसेन आउँदै बा१च ८९७० नंको टोयटा जिप धारदीगैरामा दुर्घटना भएको हो । गाडी सडकदेखि करीब ७० मिटर तल खस्दा बेपत्ता बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रिब्दीकोट गाउँपालिका–६, वडाध्यक्ष तुलबहादुर जिसीका अनुसार घटनास्थल निकै अप्ठ्यारो स्थानमा भएकाले उद्धारमा कठिनाई भएको छ । आइतबार बिहान ५ बजेदेखि नै उद्धार कार्य जारी राख्ने उनले जानकारी दिए।रासस
२०७५ साउन १९ गते २३:५९ मा प्रकाशित