मन्त्री महासेठले गरे मुग्लिन–नारायणगढ सडकको स्थलगत निरीक्षण
आजको खबर | प्रकाशित : २०७५ साउन २० गते ०:१६

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले शनिबार साँझ मुग्लिन–नारायणगढ सडकखण्डको स्थलगत निरीक्षण गरेका छन् ।
सडक निर्माण सम्पन्न भए पनि सामान्य वर्षा हुनासाथ पहिरोका कारण सडक अवरुद्ध हुने घटना पटकपटक दोहोरिएपछि उनले शनिबार सो सडकखण्डको स्थलगत निरीक्षण गरेका हुन ।
तनहुँमा पुल उद्घाटनका लागि पुगेका मन्त्री महासेठले सो सडकखण्डको स्थलगत निरीक्षण गरी समस्या समाधानका लागि तत्काल उपयुक्त उपाय पहिल्याउन सडक विभागका अधिकारीलाई निर्देशन दिए ।
पटकपटक सडकमा पहिरो खसेका कारण यातायात सञ्चालनमा समस्या हुँदै आएको छ । मन्त्री महासेठले पहिरो नियन्त्रणका लागि अवलम्बन गर्नुपर्ने सबै उपायको खोजी गर्नसमेत सडक विभागका अधिकारीलाई निर्देशन दिएका हुन ।रासस
२०७५ साउन २० गते ०:१६ मा प्रकाशित