प्रधानाध्यापक दुई दिनदेखि सम्पर्कविहीन

आजको खबर   |    प्रकाशित : २०७५ साउन २० गते ०:४९

पर्वत । कुश्मा नगरपालिका–९ कटुवाचौपारिका शिक्षक शिवप्रसाद पौडेल विगत दुई दिनदेखि सम्पर्कविहीन भएका छन् ।

कटुवा चौपारीस्थित गायत्री घर भई पर्वतकै मोदी गाउँपालिका–६ दोविल्लामा सञ्चालित हरि प्राथमिक विद्यालयका प्रधानाध्यापक ५९ वर्षीय शिवप्रसाद पौडेल शुक्रबार बिहानदेखि बेपत्ता भएका हुन् ।

शुक्रबार बिहान घरभन्दा केही माथि रहेको मन्दिरमा पूजापाठ गर्न भनी गएका पौडेल आज साँझसम्म घर फर्किएका छैनन् । विगत १७ वर्षदेखि हरि प्राथमिक विद्यालयमा अध्यापन गराउँदै आएका पौडेल घर नफर्केपछि उनका भाइ दिवाकर पौडेलले खोजीमा सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका छन् ।

शनिबार साँझसम्म आफन्तहरुकहाँ समेत सोधपुछ गर्दा कुनै अत्तोपत्तो नभएपछि खोजीका लागि प्रहरीलाई अनुरोध गरिएको निवेदक दिवाकर पौडेलले जानकारी दिए। उनले घर परिवारमा पनि कुनै झैँझगडा नरहेको बताए।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायक उपरीक्षक दिलीप घिमिरेले निवेदनका आधारमा बेपत्ता शिक्षक पौडेलको खोजी जारी राखिएको जानकारी दिए ।रासस

२०७५ साउन २० गते ०:४९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर