नारायणगढ–मुग्लिन सडकमा पुन पहिरो, सवारी आवागमन अवरुद्ध

आजको खबर   |    प्रकाशित : २०७५ साउन २० गते १:२२

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएको पहिरोका कारण गएराति १०ः२५ बजेबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो खसिरहेकाले रातको समयमा सफा गर्न नसकिएको भए पनि बिहानबाट पहिरो पन्छाउने काम सुरु भएको जनाइएको छ । सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ ।

सोही ठाउँमा शनिबर पहिरो खसेर चार घण्टा सडक अवरुद्ध भएको थियो । सडकको जलबिरेमा पनि पहिरो खसेपछि शनिबार सडक अवरुद्ध बनेको थियो । बिगत तीन दिनदेखि परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि यात्रुले दुःख पाएका छन् ।रासस

२०७५ साउन २० गते १:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर