भेनेजुएलाका राष्ट्रपतिमाथि ड्रोन आक्रमण, सात सैनिक घाइते

आजको खबर   |    प्रकाशित : २०७५ साउन २० गते ५:१९

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो ड्रोन आक्रमणबाट जोखिएका छन् । भेनेजुएलाको सेनाको ८१ औं वार्षिकोत्सवका अवसरमा राजधानी काराकासमा गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राष्ट्रपति मदुरोमाथि विस्फोट हुने ड्रोन आक्रमण भएको हो ।

यो कार्यक्रम टेलिभिजनबाट प्रत्यक्ष प्रसारणसमेत भइरहेको थियो । राष्ट्रपतिले सम्बोधन गरिरहेका बेला कार्यक्रमस्थलमा एक्कासी दुई वटा ड्रोन प्रवेश गरेको र त्यसलाई राष्ट्रपतिसहित त्यहाँ उपस्थित भएकाहरुले माथितिर हेर्न थालेका थिए ।

यसै क्रममा ठूलो आवाज सुनिएको थियो । ड्रोन आक्रमणपछि ठूलो संख्यामा सैनिकहरु भाग्दै गरेको दृश्य देखिएको थियो । ड्रोन आक्रमणमा परेर सात जना सैनिक घाइते भए पनि राष्ट्रपति भने सकुशल रहेको अधिकारीहरुले जनाएका छन् ।

भेनेजुएलाका सञ्चार मन्त्री जर्ग रोड्रिग्जले राष्ट्रपति मदुरोको हत्याको प्रयास भएको आरोप लगाए । उनले घटनामा सात जना सैनिक घाइते भएको जानकारी दिए । घाइते सैनिकहरुको उपचार भइरहेको छ । घटनापछि सुरक्षाकर्मीले अनुसन्धानलाई तिव्रता दिएका छन् । आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन ।

२०७५ साउन २० गते ५:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर