जाजरकोटमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ साउन २० गते ६:००

जाजरकोट । भेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिएको छ ।

तीर्थ बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारको जीवित उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने लोहारकी श्रीमती,छोरी र दुई छोरासमेतको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन् ।

गोपाल सुनारको घरसमेत पुरिएकाले उद्धारकार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । अहिले घटनास्थलमा सेना, प्रहरी, सशस्त्र प्रहरीको सक्रियतामा उद्धारकार्य जारी रहेको छ ।रासस

२०७५ साउन २० गते ६:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर