गोरखाका कृष्ण् अधिकारी हत्या प्रकरण: आज बहस हुँदै

आजको खबर   |    प्रकाशित : २०७५ साउन २० गते ७:२४

चितवन । सशस्त्र द्वन्द्वका बेला हत्या भएका गोरखाका कृष्ण अधिकारीका विषयमा चितवन जिल्ला अदालतमा दायर मुद्दाको पेसी आइतबार तय भएको छ ।

अदालतका सूचना अधिकारी केशव पौडेलको अनुसार जिल्ला न्यायाधीस कुलप्रसाद शर्माको इजलासमा मुद्दाको सुनुवाइ सुरू भएको हो । मुद्दा दायर भएको दुई वर्षभित्र फैसला आउने परिपाटी रहे पनि यो मुद्दा चार वर्षभन्दा बढी समयदेखि प्रक्रियामा नै अल्झेको छ। पेसी तोकेका दिन अनेक कारणहरूले बहस रोकिँदै आएको थियो। आजको पेसी २१ औं हो।

गोरखा फुजेलबाट चितवन रत्ननगरमा हजुरबुबा हजुरआमा भेट्न आएका कृष्ण अधिकारीको ६१ साल जेठ २४ मा अपहरणपछि हत्या भएको थियो। जसको तत्कालीन विद्रोही माओवादीले जिम्मा लिएको थियो। यो घटनाविरूद्ध चितवन जिल्ला अदालतमा २०७० सालको चैत्रमा १३ जनाविरूद्ध मुद्दा दायर भएको थियो।

यो घटनाका विषयमा मृतक कृष्णका बुबा नन्दप्रसाद र दाजु नुरप्रसादले घटना लगत्तै चितवन प्रहरीमा उजुरी दिएका थिए। तर लामो समय छानबिन सुरू भएन। बाबु नन्दप्रसाद र आमा गंगामायाले अनसन सुरू गरेपछि ७० सालको साउन अन्तिमबाट अनुसन्धान सुरू भएर चैत्र अन्तिममा मुद्दा दायर भएको थियो।

अनसनका क्रममा नै बाबु नन्दप्रसादको निधन भएको छ। उनको दाह संस्कार पनि भएको छैन। दाजु नुरप्रसाद सम्पर्कमा छैनन्। आमा गंगामाया पनि अनशनमा नै थिइन्। केही दिनअघि मात्र उनले अनशन तोडेकी छन्। बहस भएर अदालतले के निर्णय सुनाउँछरु आज धेरैले चासो राखेका छन्।

२०७५ साउन २० गते ७:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर