‘फ्रेण्डशिप डे’मा सोनालीले नयाँ लुकको फोटो शेयर गर्दै लेखिन् भावुक सन्देश

आजको खबर   |    प्रकाशित : २०७५ साउन २० गते १०:२७

बलिउड हिरोइन सोनाली बेन्द्रे अहिले न्यूयोर्कमा क्यान्सरको उपचार गराइरहेकी छिन् । केही दिनअघि सोनालीले आफ्नो नयाँ लुकको फोटो इन्स्टाग्राममा शेयर गरेकी थिइन् जसका कारण उनको साहसको तारिफ गरिएको थियो । अहिले सोनालीले पुनः आफ्नो पछिल्लो लुकको फोटो सार्वजनिक गरेकी छिन् ।

फ्रेण्डशिप डेको अवसर पारेर सोनालीले आफ्ना साथीहरुसँगको एक फोटो शेयर गरेकी छिन् । फोटोमा उनले कपाल पूरै खौरिएकी छिन् । इन्स्टाग्राममा शेयर गरिएको फोटोमा सोनालीसँग सुजैल खान र गायत्री ओबराय छन् । यो तस्वीरमा सोनाली आफ्ना साथीहरुसँग निकै खुसी देखिएकी छिन् । यो तस्वीरका साथै सोनालीले क्यान्सरको उपचारको क्रममा आफ्नो बदलिएको लुकको जानकारी पनि सार्वजनिक गरेकी छिन् ।

सोनालीले फोटो शेयर गर्दै इन्स्टाग्राममा लेखेकी छिन् – ‘यो म हुँ र यो पल मेरो जिन्दगीको सबैभन्दा खास हो । अब म हरेक सानो भन्दा सानो पल पनि राम्रोसँग बाँच्ने कोसिस गर्दैछु । मलाई थाहा छ कि यो समय पीडादायक छ तर म यो समयलाई त्यसरी नै बाँचिरहेकी छु जसरी बाँच्न चाहेकी छु । म मेरा साथीहरुप्रति आभार व्यक्त गर्न चाहन्छु जो मलाई भेट्न यहाँसम्म आए । यी सबै धेरै व्यस्त थिए तर पनि समय निकालेर यहाँसम्म आए ताकि मैले एक्लो महसुस नगरुँ । साँचो मित्रता के हुन्छ यो बताएकोमा आभार । तपाइँहरु सबैलाई साथीको रुपमा पाउँदा म आफूलाई भाग्यमानी सम्झिन्छु ।’

२०७५ साउन २० गते १०:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर