चितवनमा भ्यान पल्टिँदा एक जनाको मृत्यु, १० घाइते

आजको खबर   |    प्रकाशित : २०७५ साउन २० गते १०:३८

चितवन । भरतपुर महानगरपालिका– ८ सीताराम चोकमा आज मध्याह्न एक भ्यान अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
गीतानगरबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ६६२५ नं को म्याजिक भ्यान अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका– १४, भीमसेननगर बस्ने २४ वर्षीय सुदीप भुजेल छन् ।
घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये एक गम्भीर, सात मध्यम र दुई सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।

२०७५ साउन २० गते १०:३८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर