प्रियकासँग हट सिन दिएका प्रमोदले आयुश्मानलाई यस्तो भने (भिडियो)
आजको खबर | प्रकाशित : २०७५ साउन २० गते ११:०२

काठमाडौँ। सामाजिक संजालदेखि मिडियामा समेत अहिले प्रियङ्काको हट दृष्यले ठाउँ लिइरहेको छ । हालसालै सार्वजनिक भएको एक गीतको भिडियोमा रहेको दृश्यले अहिले सबैको ध्यान तानिरहेको छ।
हालसालै सार्वजनिक गरिएको चलचित्र ‘कथा काठमाण्डु’को ‘रातको कुरा‘ बोलको गीतको भिडियोमा नायिका प्रियङ्कालाई निकै उत्तेजक रुपमा प्रस्तुत गरिएको छ । नायक प्रमोद अग्रहरीसँगको अन्तरङ्ग दृश्य आम दर्शकले पचाउन गार्हो हुने किसिमको छ । उक्त गीतले नायिका प्रियङ्का कार्की जतिनै चर्चमा छिन् त्यतिनै चर्चमा छन् नायक प्रमोद अग्रहरी ।
एक युट्युब च्यानलसँग कुरा गर्दै नायक प्रमोदले दर्शकको प्रतिक्रियाले रमाइलो लागेको बताएका छन्। ‘यो गीतले गर्दा नेपाली चलचित्र र नेपाली कलाकारप्रति जुन चासो देखिएको छ त्यो आफैमा रमाइलो कुरा हो जस्तो लागिरहेको छ,’ उनले भने।
उनका अनुसार जुन चिज त्यो गीतमा देखाउन खोजिएको हो त्यो हाम्रो समाजको कुरूप यथार्थ हो।
प्रियङ्काका हुनेवाला श्रीमान आयुश्मान देशराज श्रेष्ठलाई उनले के भने थाहा पाउन भिडियो हेर्नुस्।