गंगामायाको ‘सम्पर्कविहिन’ छोरा नुरप्रसाद प्रहरी नियन्त्रणमा !

आजको खबर   |    प्रकाशित : २०७५ साउन २० गते ११:३२

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले कृष्णप्रसाद अधिरकारी हत्याका उजुरीकर्ता मध्येका एक नुरप्रसाद अधिकारीलाई आइतवार नियन्त्रणमा लिएको छ । वीर अस्पतालमा रहेकी गंगामाया अधिकारीको फाइल तस्बिर । उनका छोरा नुरप्रसाद लामो समयदेखि सम्पर्कबिहिन थिए ।

चितवन जिल्ला अदालतमा आइतबार मुद्दाको पेसी भइरहँदा ग‌ंगामाया अधिकारीको सम्पर्कविहिन छोरा नुरप्रसादलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरज प्रताप सिंहले प्रहरीले कुनै मुद्दामा समातेको नभई आमा गंगामाया अधिकारीले खोजि गरिदिन गरेको आग्रहका आधारमा नियन्त्रणमा लिएको बताउनुभयाे । ‘हामी उनलाई वीर आस्पतालमा रहेको आमा गंगामायालाई जिम्मा लगाउछौं’ उहाँले भन्नुभयाे ।

सशस्त्र द्वन्द्वका बेला हत्या भएका गोरखाका कृष्ण अधिकारीका विषयमा चितवन जिल्ला न्यायाधीस कुलप्रसाद शर्माको इजलासमा आज सुनुवाइ सुरू भएको छ । गोरखा फुजेलबाट चितवन रत्ननगरमा हजुरबुबा हजुरआमा भेट्न आएका कृष्ण अधिकारीको ६१ साल जेठ २४ मा अपहरणपछि हत्या भएको थियो । जसको तत्कालीन विद्रोही माओवादीले जिम्मा लिएको थियो । यो घटनाविरूद्ध चितवन जिल्ला अदालतमा २०७० सालको चैत्रमा १३ जनाविरूद्ध मुद्दा दायर भएको थियो ।

२०७५ साउन २० गते ११:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर