अमेरिकामा डुङ्गा चलाइरहेका व्यक्ति अचानक पुगे रुस, वास्तविकता बताउँदा सैनिक नै चकित
आजको खबर | प्रकाशित : २०७५ साउन २० गते १२:५९

मस्को (एजेन्सी)। अमेरिकाका एक नागरिकलाई रुसको समुद्री सीमा क्षेत्रमा रुसी सैनिकले पक्राउ गरेका छन् । उनलाई पक्राउ गर्नुको कारण जासुसी वा गैरकानुनी रुपमा रुस प्रवेश गर्नु भने होइन । उनले गल्तीले सीमा पार गरेका कारण पक्राउ परेका हुन्।
अमेरिकाका जोन मार्टिन अलास्काको युकोन नदीमा डुङ्गा चलाइरहेका थिए । जोन आफ्नो नाउमा केही दूरी पर मात्र के पुगेका थिए अचानक मौसम बिग्रियो। यस्तोमा पत्तै नपाइ जोन अमेरिका र रुसको बीचको बेरिङ समुद्रमा हराए । करिब २ हप्ता निरन्तर समुद्रको यात्रापछि जब जोनले समुद्र किनार जमिनमा पाइला राखे सीमा सुरक्षा बलले उनलाई पक्राउ गरे।
त्यसपछि मात्र जोनले थाहा पाए कि उनी अमेरिकामा छैनन् उनी त रुस पुगिसकेका छन् । रुसको विदेश मन्त्रालयले दिएको जानकारी अनुसार सीमा सुरक्षा बलले जोन मार्टिनलाई चुकोत्का प्रान्तको लवरेंतियाबाट पक्राउ गरेको हो । यसबारे अमेरिकी दूतावासलाई खबर गरिएको छ। रुसको विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोवका अनुसार जोनलाई छिट्टै चुकोत्काको राजधानी अनादिन पठाइनेछ । अमेरिकी दूतावासले पनि जोनलाई स्वदेश फर्काउन हरसम्भव प्रयास गर्ने जनाएको छ।