सम्राज्ञी र आर्यनको चलचित्र कायराले कति कमायो ? (भिडियो)
आजको खबर | प्रकाशित : २०७५ साउन २० गते १३:४६

काठमाडौँ। यो साता एकसाथ दुई चलचित्र ‘कायरा’ र ‘झमकबहादुर’ प्रदर्शनमा आए। प्रदर्शनमा आएका यी दुई चलचित्रमध्ये कारोबारमा ‘कायरा’ अगाडि रहेको छ।
गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘कायरा’ले सुखद सुरुवात गरेको छ। अभिनेता आर्यन सिग्देल नायिका सम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्रले देशभरका ८० हलमा प्रदर्शन हुने अवसर पाएको थियो। यो चलचित्रले शुक्रबार ३४ लाख ६५ हजार भन्दा माथिको कलेक्सन गरेको छ भने शनिबार पनि प्राय हलहरू हाउसफुल नै रहेका थिए।
चलचित्रको कारोबार सुखद रहेपनि चलचित्रले सोचे जस्तो कारोबार गर्न सकेको छैन। अभिनेता आर्यन सिग्देल लामो समयपछि पर्दामा आएका थिए त्यो पनि आफै चलचित्र निर्माण गरेर। यो अवस्थामा चलचित्रको कारोबारमा गएको थियो।
पूरा जानकारीको लागि भिडियो रिपोर्ट
२०७५ साउन २० गते १३:४६ मा प्रकाशित