यी हुन् ३० वर्षको प्रयासपछि नेपाललाई सफलता दिलाउने क्रिकेटका ५ हिरो (भिडियो)
आजको खबर | प्रकाशित : २०७५ साउन २० गते १४:१६

शुक्रबार नेपालले एकदिवसीय क्रिकेटमा ऐतिहासिक पहिलो जित दर्ता गर्यो । नेदरल्याण्ड्स सँगको पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालले दोस्रो खेलमा १ रनको सनसनीपूर्ण जित निकाल्दै शृङ्खला १-१ को बराबरीमा ल्यायो ।
नेपाललाई पहिलो जित दर्ता गर्न अन्तिम ओभरसम्म कुर्नु पर्यो । अन्तिम ओभरमा कप्तान पारस खड्काको सानदार बलिङले नेपालले ऐतिहासिक जित हात पार्यो ।
खड्कासँगै सोमपाल कामी, सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरीले पनि आफ्नो कौशल प्रदर्शन गर्दै नेपाललाई एक दिवसीय क्रिकेटमा पहिलो जित दर्ता गराए।
विस्तृत जानकारीको लागि हेर्नुहोस् पूरा भिडियो :
२०७५ साउन २० गते १४:१६ मा प्रकाशित