इन्डोनेशियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
आजको खबर | प्रकाशित : २०७५ साउन २० गते १४:३३

काठमाडौँ । इन्डोनेशियाको लम्बु आईल्याण्डलाई केन्द्रबिन्दू बनाएर ६ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ।
अहिले प्रप्त जानकारी अनुसार १७ जनाको मृत्यु भएको इन्डोनेशियाली सञ्चार माध्यमहरुले जनाएका छन्। भूकम्प पश्चात सुनामीको खतरा रहेको भन्दै सरकारले सचेत रहन आग्रह गरको छ।
इन्डोनेशियामा आईतबार साँझ नेपाली समयनुसार ५ :३० बजे भूकम्पको गएको जनाईएको छ।
युएस जियोलोजिकल सर्बे अनुसार भकम्पको केन्द्र लंबोक आईल्याण्ड नजिकै रहेको बताईएको छ। जनाएअनुसार भूकम्पको केन्द्रबिन्दू १५ किलोमिटर तल रकहेको छ।
२०७५ साउन २० गते १४:३३ मा प्रकाशित