विराटनगरमा सहकारीका मुख्य सञ्चालक पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ साउन २१ गते ०:२७

विराटनगर । बचतकर्ताको रकम हिनामिना गरी फरार भएका सहकारीका एक जना सञ्चालक आइतबार पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–९ बाटारोडमा रहेको प्राइम बचत तथा ऋण सहकारी लिमिटेडको रु दुई करोड भन्दाबढी रकम अपचलन गरी लामो समयदेखि फरार मुख्य सञ्चालक एवं सहकारीका सचिव ईश्वर श्रेष्ठ पोखरामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक(डिएसपी) निशान थापाले जानकारी दिए ।

उक्त सहकारीका १३८ जना बचतकर्ताले रु दुई करोड २८ लाख बिगो माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएको प्रवक्ता थापाले बताए । उक्त सहकारीमा एक जना बचतकर्ता रु १० लाखसम्म रकम जम्मा गरेका छन् ।रासस

२०७५ साउन २१ गते ०:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर