देशभर वर्षा : काठमाडौंमा यी नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह
आजको खबर | प्रकाशित : २०७५ साउन २१ गते २:५७

काठमाडौं । आइतबार रातिदेखि देशैभर वर्षा जारी छ ।
आज पनि देशभर मध्यम वर्षाको सम्भावना रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ। देशभरका नदीहरुमा बहाव बढ्ने भएकाले सतर्क रहन शाखाको अनुरोध छ ।
बाग्मती–खोकना बाढी केन्द्रमा बहाब सतर्कता तह नजिक र बढ्दो क्रममा रहेको छ । काठमाडौं उपत्यकाका नख्खु, मनोहरा, बागमती, धोवीखोला, विष्णुमती लगायतमा बहाब बढ्दो रहकोले होचो क्षेत्रमा डुवान हुन सक्ने बताउँदै सतर्क रहन वाढी पूर्वानुमान शाखाको आग्रह छ ।
कन्काई, कमला, बागमती लगायतका नदीमा आज दिउँसोसम्म बहाव बढने जनाएको छ । त्यस्तै दाङ, बांके, बर्दिया, कैलाली, सुर्खत, झापा, मोरङ, सुनशरी, सिन्धुली लगायतका जिल्लामा पनि सतर्क रहन शाखाले आग्रह गरेको छ ।
२०७५ साउन २१ गते २:५७ मा प्रकाशित