काठमाडौं महाराजगञ्जमा रोकीराखेको ट्रिपरमा भ्यान ठोक्कियो, दुई जनाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ साउन २१ गते ३:२८

काठमाडौं । काठमाडौँको महाराजगञ्जस्थित अमेरिकन राजदूतावास अगाडि भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

आइतबार राती १ः४५ बजे बाटोमा रोकी राखेको बा४ख ९८५४ नम्बरको ट्रिपरलाई बा १९ च ६५१५ नम्बरको भ्यानले ठक्कर दिँदा भ्यानमा सवार खोटाङका ३३ वर्षीय रामबहादुर थापा र सिन्धुपाल्चोकका ३० वर्षीय पशुपति सिलवालको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले भ्यानले ट्रिपरलाई ठक्कर दिँदा भ्यानमा रहेका तीन जनामध्ये थापा र सिलवालको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिए ।

भ्यानका चालक सिन्धुपाल्चोकका २२ वर्षीय सुरेश पराजुली भने घाइते भएका छन् । उनको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । दुवै सवारीसाधन र ट्रिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

२०७५ साउन २१ गते ३:२८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर