राष्ट्रियसभामा शोक प्रस्ताव पारित

आजको खबर   |    प्रकाशित : २०७५ साउन २१ गते ६:११

काठमाडौं । राष्ट्रियसभाको सोमबारको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव पारित गरेको छ ।

बैठकले उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पङ्गेनीको निधनमा शोकप्रस्ताव प्रस्तुत गरेका थिए ।

पङ्गेनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं २ बाट संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए।

ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिक/ प्रजातान्त्रिकलगायतका आन्दोलनमा भूमिका निर्वाह गरेका पङ्गेनी काँग्रेस स्याङ्जा जिल्ला कार्यसमितिका सभापति र समाजसेवी समेत थिए । पङ्गेनीको आइतबार बिहान स्याङ्जास्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक २३ गते ११ बजे बस्नेछ ।रासस

२०७५ साउन २१ गते ६:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर