पर्वतमा बस दुर्घटना हुँदा १९ जना घाइते, ६ गम्भीर
आजको खबर | प्रकाशित : २०७५ साउन २१ गते ७:०८

पर्वत । जिल्लामा यात्रुबहाक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । जोमसोमका लागि छुटेको बस सोमबार विहान पर्वतको बेतेनीमा दुर्घटना भएको हो ।
विहान ७ बजे पोखराबाट जोमसोमका लागि छुटेको ग १ ख ५५९८ नम्बरको अग्नी यातायातको यात्रुबहाक बस ९ः ३० बजे समयमा दुर्घटना भएको प्रहरीले बताएको छ । पोखरा बागलुङ राजमार्गको स्तरोन्नति गर्दा सडकमा बनेको खाल्डोमा परेर बस सडकबाट करिव १० फिट तल खसेको थियो ।
मोदी गाउँपालिका ६ बेतनीमा भएको दुर्घटनामा जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक कार्यालय पर्वतबाट घटनास्थलमा सुरक्षाकर्मी टोली पुगी उददार कार्य जारी छ ।
प्रहरीका अनुसार गम्भीर घाइते ६ जनालाई आकस्मिक उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरातर्फ पठाइएको छ भने सामान्य घाइते १३ जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ ।
२०७५ साउन २१ गते ७:०८ मा प्रकाशित