पर्वतमा बस दुर्घटना, १६ यात्रु घाइते

आजको खबर   |    प्रकाशित : २०७५ साउन २१ गते ७:०७

पर्वत । जिल्लाको मोदी गाउँपालिका– ६ तिलाहारको बेतनीस्थित पोखरा–बागलुङ सडक खण्डमा आज बिहान एक यात्रुबहाक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

पोखराबाट मुस्ताङ आउँदै गरेको ग १ ख ५५९८ नम्बरको बस सडकबाट करिव ३० मिटर तल खेतमा खस्दा १६ त्यसमा सवार जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार छ जना गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी अञ्चल अस्पताल लगिएको छ, भने अन्य घाइतेको यहीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

बसचालक प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको उनले जानकारी दिए ।रासस

२०७५ साउन २१ गते ७:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर