काँडाघारीबाट ११ वर्षिय बालकको अपहरण

आजको खबर   |    प्रकाशित : २०७५ साउन २१ गते ७:२४

काठमाडौं ।  काडाँघारीबाट एक बालकको अपहरण भएको छ । सिन्धुपाल्चोक घर भइ काडाँघारीमा बस्ने ११ वर्षका निशान खड्काको अपहरण भएको प्रहरीले जनाएको छ ।

निशान आइतबार बेलुकादेखि सम्पर्कविहीन भएका थिए । अपहरणकारीले साेमबार बालकको परिवारसँग ४० लाख रुपैया“ फिरौती मागेपछि उनी अपहरणमा परेको पुष्टि भएको  महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

मनहरी खोला नजिकैको काँडाघारीमा डेरा गरी बस्दै आएकी सिन्धुपाल्चोककी चमेली खड्काका छोरा हुन् निशान खड्का । चमेलीले सामान्य चिया पसल चलाउँदै आएकी थिइन् । निशानका बुवा भने वैदेशिक रोजगारीको सिलसिलामा विदेशमै छन् । निशानलाई सकुशल उद्धार गर्न महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले ‘सर्च एण्ड रेस्क्यु अपरेशन’ चलाइरहेको छ ।

यतिबेला भक्तपुरका सबै नाकाहरुमा चेकजाँच कडा पारिएको छ । अहिले घटनास्थल तथा आसपासको क्षेत्रमा २ सयभन्दा बढी प्रहरी परिचालन गरी अपहरितको खोजी जारी राखिएको छ । चिनजानकै व्यक्तिले अपहरण गरेको हुनसक्ने प्रहरी आशंका छ। घटनाको अनुसन्धानमा परिसरका प्रमुख एसएसपी पोखरेल आफैं घटनास्थलमा खटिएका छन्।

२०७५ साउन २१ गते ७:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर