अपाङ्ग समितिलाई ध्वनी सामाग्री हस्तान्तरण
आजको खबर | प्रकाशित : २०७५ साउन २१ गते ८:०९

शान्तिनगर । झापाको बुद्धशान्ति गाउँपालिका–७ का ‘वडा स्तरिय अपाङ्ग समिति’ लाई एक थान ध्वनी सामाग्री प्रदान गरिएको छ । ७ नम्बर वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वडा स्तरिय अपाङ्ग समितिका सचिब तीर्थ प्रसाद पोख्रेललाई करिब ३० हजार रुपैयाँ बराबरको ध्वनी सामाग्री हस्तान्तरण गरिएको हो ।
वडाध्यक्ष मात्रिका प्रसाद पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सचिब शशि पनेरु, महिला वडा सदस्य रिता देबी बराल, पत्रकार दिपेन लावती, निर्मल राई लगायतको उपस्थिती रहेको थियो । अपाङ्ग भएका ब्यक्तिहरुलाई बिभिन्न कार्यक्रम संचालन गर्न सहज होस भन्ने हेतुले सो सामाग्री प्रदान गरिएको वडा सचिब पनेरुले बताए ।
वडाध्यक्ष पौडेलले यसबर्ष ध्वनी सामाग्री र आगामी दिनमा अपाङ्ग भएका ब्यक्तिहरुलाई अन्य आवश्यक बस्तु तथा सिपमुलक तालिम उपलब्ध गराउने प्रतिबद्धता जनाए । उक्त कार्यक्रममा अपाङ्ग भएका ब्यक्तिहरुले वडाबाट आर्थिक बर्ष २०७४÷०७५ मा छुट्टिएको बजेटबाट ध्वनी सामाग्री उपलब्ध गराएको प्रति धन्यवाद ज्ञापन गरे ।