टिपर दुर्घटना : एक जनाको मृत्यु, दुई गम्भिर घाईते

आजको खबर   |    प्रकाशित : २०७५ साउन २१ गते ११:०९

नुवाकोट: पासाङल्हामु मार्गअन्तर्गत ककनी गाउँपालिका–१ चिसोधारामा बालुवा लिएर काठमाडौंँ आउँदै गएको टिपर दुर्घटना भएको छ ।
दुर्घटना टिपरका सहचालक गोरखाको अजिरकोट गाउँपालिका – ३ का १९ वर्षीय मेखराज गुरुङको मृत्यु भएको हो ।
बा ५ ख ४५३७ नंको टिपर गए राति सडकदेखि ३०० मिटर तल खसेको प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुंँवरले जानकारी दिए।

दुर्घटनामा परी गम्भीर घाइते गुरुङको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा शिवपुरी गाउँपालिका–७ का ३२ वर्षीय चालक शेषमान तामाङ र टिपरमा सवार शिवपुरी गाउँपालिका–६ का २८ वर्षीय रोशन तामाङ गम्भीर घाइते भएकामा त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
सांँघुरो सडकमा बाटो च्याप्ने क्रममा टिपर सडकबाट खसेको प्रहरीले जनाएको छ ।

२०७५ साउन २१ गते ११:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर