दिल्लीमा आतंकवादी छिरेपछि हंगामा, स्वतन्त्रता दिवसमा ठूलो आक्रमणको आशंका

आजको खबर   |    प्रकाशित : २०७५ साउन २१ गते १२:२९

एजेन्सी। भारतको राजधानी दिल्लीमा ५ आतंकवादी छिरेको खबरले भारतभर हंगामा मच्चिएको छ।

भारतको जासुसी एजेन्सीले स्वतन्त्रता दिवसको अवसरमा हुने कार्यक्रममा ठूलो आक्रमण हुन सक्ने आशंका गरेको छ। स्वतन्त्रता दिवसमा हुने कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्ति र लाखौं जनता एकै ठाउँ जम्मा हुन्छन्।

भारतको स्वतन्त्रता दिवस ९ दिनपछि १५ अगष्टमा मनाइँदैछ। जासुसी एजेन्सीले दिल्ली प्रहरीलाई राजधानीमा ५ आतंकवादी प्रवेश गरिसकेको जनाउँदै यसबारे सचेत रहन भनेको छ।

यी आतंकवादी लश्कर–ए–तोएबा र जैश–ए–मोहम्मदका हुन सक्ने र उनीहरुले सुरक्षाकर्मीको भेषमा आक्रमण गर्न सक्ने एजेन्सीले दावी गरेको छ । राजधानीमा आतंकवादी आक्रमणको सूचना पाएसँगै दिल्ली पुलिसका अलावा अन्य सुरक्षा एजेन्सी सतर्क भएको बताइएको छ। लालकिल्लासहित सबै संवेदनशील क्षेत्रमा सुरक्षा बढाइएको छ । सवारी साधनलाई चेकजाँच गर्न थालिएको छ।

सबै जिल्लाका प्रहरी अधिकारीहरुलाई निर्देशन दिइएको छ कि आफ्नो क्षेत्रमा गस्ती बढाउनू। यसका अलावा रेलवे, विमानस्थल र मेट्रोको सुरक्षा बढाइएको छ । पुलिसले ६० संवेदनशील स्थानको पहिचान गरेको छ । यहाँ संदिग्ध व्यक्ति देखिनासाथ अनुसन्धान थाल्न निर्देशन दिइएको छ।

२०७५ साउन २१ गते १२:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर