प्रहरी इन्काउण्टरमा मारिएका अपहरणकारी र घटनास्थल भिडियोमा हेर्नुहोस्
आजको खबर | प्रकाशित : २०७५ साउन २१ गते १३:२२

काठमाडौं। राजधानीको काँडाघारीबाट आइतबार राती अपहरणमा परेका ११ वर्षका बालक निशान खड्काको हत्या गरिएको छ । उनको शव भक्तपुरको एक घरबाट बरामद भएको छ । प्रारम्भिक जाँचमा उनको घाँटी थिचेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।
निशानको खोजी गर्दै गएको प्रहरी टोलीसँग अपहरणकारीको मुठभेड हुँदा २ अपहरणकारी मारिएका छन् । भक्तपुरको सूर्यविनायकको जंगलमा अपहरणकारीले प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफी कारवाही गर्दा २ अपहरणकारी मारिएका हुन् ।
हेर्नुस् भिडियो
२०७५ साउन २१ गते १३:२२ मा प्रकाशित