अपहरणपछि हत्या गरिएका ११ वर्षीय निशानकी आमाको पीडादायी बयान (भिडियो)
आजको खबर | प्रकाशित : २०७५ साउन २१ गते १३:३०

काठमाडौँ । राजधानीको काँडाघारीबाट आइतबार राती अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्या भएको छ। उनको शव भक्तपुरको एक घरबाट बरामद भएको छ। प्रारम्भिक जाँचमा उनको घाँटी थिचेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ।
निशानको खोजी गर्दै गएको प्रहरी टोलीसँग अपहरणकारीको मुठभेड हुँदा २ अपहरणकारी मारिएका छन् । उनीहरु मारिएको स्थानबाट एउटा पेस्तोल, २ राउण्ड गोली र निशानका परिवारसँग फिरौती माग्न प्रयोग गरिएको मोवाइल बरामद भएको छ । प्रहरी इन्काउण्टरमा मृत्यु हुनेमा गोपाल तामाङ र अजय तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरी कारबाहीमा मृत्यु हुने तामाङद्वय नै अपहरणकारी भएको प्रहरीले दावी गरेको छ।
निशानलाई आइतबार बेलुकी अपहरण गरेर हत्या गरिएको थियो। उनकी आमा चमेली खड्का अहिले छोरा गुमाउँदाको पीडामा भावविह्वल छिन्। घटना सार्वजनिक भएसँगै उनले घटना बारे यसो भनिन्