प्रियंकाको बेड सिनबारे भुवन र बिल्सन बिक्रमलेले यसो भने (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ साउन २१ गते १३:३३

काठमाडौं– केही दिन पहिले सार्वजनिक भएको नेपाली चलचित्र ‘कथा काठमाण्डु’ को गीतमा अभिनेत्री प्रियंका कार्कीले दिएको बेड सिनको निकै चर्चा चलेको छ । नायिका कार्कीको सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्याममा आलोचना समेत निकै बढ्दो छ ।

गीतको अन्त्यमा राखिएको कलाकारहरु प्रियंका कार्की र प्रमोद अग्रहरीको बेड सिनका कारण गीतको भ्युज बढिरहँदा भद्धा कमेन्टको बाढी पनि उर्लदो छ । अरु सामान्य कलाकारले यो दृश्य दिएका भए त्यति चर्चा हुने थिएन होला तर प्रियंका कार्की, जो अभिनयले एउटा हाईटमा पुगिसकेकी हिरोईनको यस्तो दृश्यले हँगामा मच्चाएको छ ।

पछिल्लो समय प्रियंका आयुष्मानसँगको इन्गेजमेन्टले चर्चामा छिन्, कस्तो संयोग भने, यहि फिल्मबाट उनीहरुको प्रेम झाँगिएको बुझ्न सकिन्छ । अब य फिल्ममा यस्तो दृश्य देख्दा आयुष्मानले के भन्लान् सबैको चासोको बिषय बनेको छ । सर्वसाधारणले मात्रै होईन सिने कलाकारले समेत प्रियंकाको आलोचना गरेका छन् ।

नायक तथा निर्माता भुवन केसीले नायिका प्रियंकालाई आफूले गर्न लागेको विहे अन्तिम अवस्थासम्म रहिरहन्छ भन्ने लागेर गरेको भए फरक नपर्ने बताएका छन् । उनले आफूले यस्ता बिषयमा धेरै हण्डर ठक्कर खाँदै आएकाले यी कुराहरुबाट सचेत तरिकाले जोगिनुपर्ने प्रष्ट पारे । त्यस्तै, कलाकार विल्सन विक्रम राई तक्मे बुढाले भुवन केसीको आवाज हुबहु निकालेपछि कहिलेकाही डबिङको समयमा स्वर बसेर आफ्नो घाँटीमा समस्या आएपछि विल्सनसँग सहयोग माग्ने भुवनले बाचा समेत गरे । भिडियो हेर्नुसः

२०७५ साउन २१ गते १३:३३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर