हास्य कलाकारको पढाई- कोही ४ पटक फेल, कोहीले ल्याए विशिष्ट श्रेणी (भिडियो)
आजको खबर | प्रकाशित : २०७५ साउन २१ गते १३:४३

काठमाडौँ। हास्यकलाकार जितु नेपाल उर्फ मुन्द्रेले हास्य व्यङ्गको क्षेत्रमा २५ वर्ष भन्दा बढी बिताइसकेका छन्। यो २५ वर्षको अवधिमा उनले आफूलाई समसामयिक विषयमा राम्रो दक्खल राख्ने र कडा व्यङ्ग प्रहार गर्न सक्ने व्यक्तिको रुपमा स्थापित गरिसकेका छन्।
राम्रो ‘सेन्स अफ ह्युमर’ भएका जितु पढाईमा भने ठिक ठाक रहे। जितुले २०४८ शालमा एसएलसी दिएका हुन्। एसएलसी लगत्तै २०४९ शालदेखि अभिनयमा लागेका उनले त्यसपछि आइए सम्मको अध्ययन गरे। २०४९ शालमा टेली टेलिसिरियल ‘आज भोलिको कुरा’बाट उनले अभिनयमा प्रवेश गरेका हुन्। यस क्षेत्रमा लागेपछि कलाकारिताको भूतले गर्दा अध्ययनलाई अघि बढाउन नसकेको उनी बताउँछन्।
सिन्धुपाल्चोकको जालपा माध्यामिक विद्यालयबाट दोस्रो श्रेणीमा एसएलसी पास गरेका उनले आईए अध्ययन एक प्राइभेट कलेजबाट गरे । जितु नेपालको पढाईको यसै सन्दर्भमा आज हामी तपाईँलाई अन्य केही हास्य कलाकारहरूको शैक्षिक योग्यताबारे पनि जानकारी दिँदै छौँ ।
अन्य हास्य कलाकारले कति पढेका छन् ? थाहा पाउन तलको भिडियो रिपोर्ट हेर्नुस्