बाढीका कारण ६३ जनाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ साउन २२ गते १:३७

उलान बाटोर। बाढी पहिरोमा परी मङगोलियामा ६३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ।

मृत्यु हुनेमध्ये १५ जना बालबालिका समेत रहेको राष्ट्रिय आपतकालिन व्यवस्थापन निकायले सोमवार जनाएको छ। ‘दुई जनाको मृत्यु गत हप्तान्तमा भएको विवरण प्राप्त भएको छ,’– सो कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ। बाढी पहिरोमा परी मृत्यु हुनेहरूको यो कुल संख्या गत बर्ष भरिको भएको बताइएको छ।

सो कार्यालयले खोला नदीमा पानीको मात्रा बढेर बाढी आउने गरेकाले बाढीबाट सुरक्षित हुनेतर्फ सतर्क हुन पनि आह्वान गरेको छ।

मङ्गोलियामा जुलाईको सुरुदेखि अत्यधिक बर्षा हुनेगरेको छ भने अगस्टको मध्यसम्म पनि बाढीको खतरा बढी हुने गरेको मौसमविद्हरूले बताएका छन्। एजेन्सी

२०७५ साउन २२ गते १:३७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर