दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

आजको खबर   |    प्रकाशित : २०७५ साउन २२ गते ३:४२

उर्लाबारी, मोरङ। सुनवर्षी नगरपालिका–२ झपरतोलमा मोटरसाइकल दुर्घटनामा परी गएराति एकजनाको ज्यान गएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ६६९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ३ प ९३१० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा ६६९४ नम्बरको चालक रतुवामाई नगरपालिका–२ का ५५ वर्षीय जगदीश साहको मृत्यु भएको हो।

उनको उपचारका क्रममा रंगेली अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए। दुर्घटनामा परी अर्को मोटरसाइकलका चालक सुनवर्षी– ६ का ४५ वर्षीय रुपनारायण ताजपुरिया घाइते भएका छन्।

उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

२०७५ साउन २२ गते ३:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर