निर्दयी आमा जसले आफ्नो नवजात शिशु प्लाष्टिकमा पोको पारेर शौचालयमा फालिन

आजको खबर   |    प्रकाशित : २०७५ साउन २२ गते ३:४९

लमजुङ । नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

दुधपोखरी गाउँपालिका–२ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो। गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको सूचनाका आधारमा परियारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए।

परियारले छोरी जन्मिएलगत्तै प्लाष्टिकमा पोको पारेर शौचालयमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

२०७५ साउन २२ गते ३:४९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर