इरानमाथि अमेरिकाले पुनः लगायो कडा प्रतिबन्ध

आजको खबर   |    प्रकाशित : २०७५ साउन २२ गते ५:०८

बीबीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग २०१५ मा भएको परमाणु सम्झौताबाट पछि हटेपछि इरानमाथि लगाइएको प्रतिबन्ध लागू गर्ने बताएका छन्। मंगलबार विहानदेखि इरानको अटोमोबाइल सेक्टरसँगै सुन र बहुमूल्य धातुमाथि पनि प्रतिबन्ध लगाइने बीबीसीले जनाएको छ।

ट्रम्पले आर्थिक दबावका कारण इरान नयाँ सम्झौताकालागि राजी हुने र गैरकानुनी गतिविधि रोक्ने विश्वास लिएका छन्। इरानका राष्ट्रपति हसन रुहानीले भने अमेरिकाको यो कदमलाई ‘मनोवैज्ञानिक युद्ध’ संज्ञा दिएका छन्।

अमेरिकाको उक्त कदमपछि सरकारी टेलिभिजनमार्फत देशबासीलाई सम्वोधन गर्दै इरानी राष्ट्रपति रुहानीले यो विषयलाई सल्टाउन तत्काल अमेरिकासँग वार्ताको कुनै संभावना नरहेको उल्लेख गर्दै भने, ‘हामी कुटनीति र वार्ताको पक्षमा सधैं छौं। तर वार्ताकालागि इमान्दारिताको आवश्यकता हुन्छ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले कुनै व्यक्ति वा कम्पनीले इरानमाथि लगाइएको प्रतिबन्ध उल्लघंन गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।
२०१५ मा भएको सम्झौतामा सहभागी रुस, चीन, बेलायत र जर्मनीले अमेरिकाको यो दकमप्रति असन्तुष्टि जनाएका छन्। यी मुलुकहरुले सम्झौतामार्फत इरानसँग गरिएको सम्झौताप्रति आफूहरु प्रतिबद्ध रहेको जनाएका छन्। इरानले पनि आफूलाई आर्थिक लाभ भइराख्ने हो भने सम्झौताप्रति प्रतिबद्ध रहने जनाएको छ।

ट्रम्पले किन तोडेका थिए, परमाणु सम्झौता?
परमाणु सम्झौतामार्फत राहत दिएर इरानको विवादित परमाणु गतिविधिलाई रोक्ने प्रयास गरिएको थियो। पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले यो सम्झौतामार्फत इरानलाई परमाणु हतियार बनाउने कामबाट रोक्न सकिने र यो सम्झौताले विश्वलाई सुरक्षित बनाइराख्न सहयोग पुग्ने बताएका थिए। तर राष्ट्रपति ट्रम्पले यो सम्झौतालाई ‘भयंकर र एकतर्फी’ सम्झौताको सज्ञा दिएका थिए।

के के प्रतिबन्ध लगाइएको छ?
ट्रम्पको हस्ताक्षर भएको आदेशमा जुन प्रतिबन्धको उल्लेख गरिएको ती यस प्रकार छन्।

इरान सरकारद्वारा अमेरिकी डलरलाई किन्न वा राख्नलाई रोक, सुन वा अन्य बहुमूल्य धातुको व्यापारमा रोक, ग्रोफाइट एलयूमीनियम, स्टील, कोइला र औद्योगिक प्रक्रियामा प्रयोग हुने सफ्टवेयरमाथि रोक, इरान सरकारलाई ऋण दिनसँग सम्बन्धित विषयमा रोक लगाइएको छ।

ट्रम्पले भनेका छन्, ‘मलाइ के विषयमा खुशी लागेको छ भने धेरै अन्तर्राष्ट्रिय कम्पनीले पहिलादेखि नै इरानमा कारोबार छोड्ने घोषणा गरेका छन् र केही देशले इरानबाट कच्चा तेल आयात नगर्ने वा कम गर्ने संकेत गरेका छन्।

हामी सबै देशलाई यस्तै कमद उठाउन अपील गर्छौं ताकि इरानको सत्ताले अरुलाई धम्की दिने व्यवहार बन्द गर्नुपर्छ वा आर्थिक रुपमा प्रतिबन्धको सामना गर्नुपर्छ।’

२०७५ साउन २२ गते ५:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर