नाबालिका बलात्कारको आरोपमा गजमेर पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ साउन २२ गते ९:५५

भद्रपुर । चार वर्षीया छिमेकी बालिका बलात्कार गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिकाका एक किशोरलाई प्रहरीले  पक्राउ गरेको छ । अर्जुनधारा–२ घर भएका १५ वर्षीय विजय गजमेर पक्राउ परेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

साउन १६ गते दिउँसो अभियुक्तको घरमा खेल्न पुगेकी बालिकालाई घरमा कोही नभएको मौका छोपी गजमेरले बलात्कार गरेको उजुरी परेको प्रहरीले जनाएको छ । प्रहरीले अभियुक्तको खोजी शुरु गरेपछि गजमेर फरार थिए । प्रनाउ कोइरालाले अभियुक्त गजमेरलाई जर्बजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको बताए ।

२०७५ साउन २२ गते ९:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर