ओम पुरीले मृत्युको ६ दिन पहिले दिएका थिए यस्तो अन्तरवार्ता, अहिले भाइरल हुँदै (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ साउन २२ गते १३:०५

मुम्बइ। दिवंगत बलिउड अभिनेता ओम पुरीको एउटा अन्तरवार्ता अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । यो भिडियोलाई उनको अन्तिम अन्तरवार्ता बताइएको छ।

ओम पुरीले यो अन्तरवार्ता डिसेम्बर २०१६ मा दिएका थिए। यसको करिब १ हप्तापछि उनको निधन भयो। उनी आफ्नो घरमा किचननजिकै मृत भेटिएका थिए।

६६ वर्षका ओम पुरीको हर्ट एट्याकका कारण मृत्यु भएको बताइएको छ। ओम पुरीको जुन भिडियो भाइरन भइरहेको छ यसमा उनले आफ्नो अन्तिम फिल्म ‘लश्टम पश्टम’का बारे कुरा गरेका छन्।

२०७५ साउन २२ गते १३:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर