अटो रिक्साको ठक्करबाट पैदलयात्रीको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ साउन २२ गते १३:०८

उर्लाबारी, मोरङ, २२ साउन – मोरङको सुन्दरहरैचा नगरपालिका–६स्थित भित्री सडकखण्डमा अटो रिक्साको ठक्करबाट एक वृद्धको आज मृत्यु भएको छ ।आज बिहान दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२ह १७३२ नंको अटो रिक्साको ठक्करबाट सोही ठाउँका पैदलयात्री ७८ वर्षीय कर्णबहादुर गुरुङको मृत्यु भएको हो ।

अटोको ठक्करबाट गम्भीर घाइते भएका गुरुङको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा दिउँसो २ः४५ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिनुभयो । ठक्कर दिने अटो रिक्सा र त्यसका चालकलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ ।

२०७५ साउन २२ गते १३:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर