अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाइने सरकारको निर्णय

आजको खबर   |    प्रकाशित : २०७५ साउन २२ गते १३:३१

काठमाडौँ । युवा तथा खेलकूद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाउने निर्णय गरेको छ।

आज मन्त्रालयमा सरोकारवाला निकायबीच भएको बैठकले यही साउन २४ देखि ३० गतेसम्म विभिन्न कार्यक्रम गरी सो दिवस साताव्यापी मनाउने निर्णय गरेको मन्त्रालयका सहायक प्रवक्ता महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए।

कार्यक्रमअन्तर्गत सरोकारवाला संघसंस्थासँगको सहकार्यमा सरसफाइ, रक्तदान, सेवामूलक, चेतनामूलक, युवा सशक्तीकरण, जनचेतन अभिवृद्धि, युवाहरुबीच चित्रकला प्रतियोगिता र साँस्कृतिक कार्यक्रमलगायत हुनेछन्।

बैठकमा मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल, परिषद्का सदस्यहरु, विभिन्न संघसस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो।

अन्तर्राष्ट्रिय युवा दिवसको यस वर्षको नारा ‘युवाहरुका लागि सुरक्षित स्थान’ रहेको छ।

२०७५ साउन २२ गते १३:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर