संविधानले दिएको अधिकारलाई प्रयोग गरी प्रदेशको राजधानी तोक्छु : मुख्यमन्त्री भट्ट

आजको खबर   |    प्रकाशित : २०७५ साउन २२ गते १४:११

कैलाली । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानले दिएको अधिकारलाई प्रयोग गरी प्रदेशको स्थायी राजधानी तोक्ने बताएका छन्।

प्रदेश नं ७ को स्थायी राजधानी डोटीको दिपायल हुनुपर्ने माग राख्दै आज धनगढीमा स्थापनार्थ संघर्ष समितिको बुझाएको ज्ञापनपत्र बुझ्दै भ्टटले नेपालको संविधानमा प्रदेशसभा सदस्यको दुईतिहाई बहुमतले स्थायी राजधानी तोक्ने व्यवस्था गरेको जानकारी दिए।

यस बिषयमा प्रदेशसभाले संसदीय सुझाव समिति बनाएको बताउँदै उनले सुझाव समितिले आफ्नो कार्य अगाडी बढाई राखेको बताए ।

समितिले बुझाएको ज्ञापनपत्रमा प्रदेश नं ७ का स्थायी राजधानी डोटीको दिपायल हुनुपर्ने, राज्यको पुनः संरचनामा प्रदेश र प्रदेशको स्थायी राजधानी तोक्दा, भौगोलिक अनुकुलता र दुरी, ऐतिहासिक गौरब तथा तथ्य, भाषिक तथा सांस्कृतिक पहिचान, पहाडी क्षेत्रको जनसंख्या, भौतिक पूर्वाधार, सुरक्षा तथा सामरिक महत्वलगायतका बिषयमा विचार पु¥याउनु पर्ने उल्लेख छ।

२०७५ साउन २२ गते १४:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर