पहिरोले बिहानदेखि अवरुद्ध हेटौँडा-काठमाडौँ सडक सुचारु

आजको खबर   |    प्रकाशित : २०७५ साउन २२ गते १५:०६

हेटौँडा । गएरातिदेखि परेको अविरल वर्षाले हेटौँडा कुलेखानी सडक खण्डमा पर्ने ईन्द्रसरोवर गाउँपालिका वडा नं. ६ फाखेल महालक्ष्मी डाँडामा आएको पहिरो हटाई हेटौँडा–काठमाडौँ यातायात सेवा आज अपराह्नदेखि सञ्चालनमा गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसैगरी ईन्द्रसरोवर गाउँपालिका वडा नं. ३ मदनभण्डारी राजपथअन्र्तगत पर्ने सिस्नेरी डाँडामा गएराति पहिरो जाँदा हेटौँडा-काठमाडौँ सडक अवरुद्ध भएकोमा आज साँझ ७ बजेदेखि सञ्चालन भएको स्थानीय सिस्नेरी प्रहरी चौकीले जनाएको छ।

अवरुद्ध सडक सञ्चालनमा आएसँगै रोकिएका सुमो, जीप, कार, मोटरसाइकलमा सवार यात्रुहरु बिहानैदेखि पहिरो गएको स्थानमा ४ घण्टा कुर्नु परेको थियो। यातायात सञ्चालनपछि यात्रुहरु आ–आफ्नो गन्तव्यमा प्रस्थान गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए।

२०७५ साउन २२ गते १५:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर