हेटौंडाको ओम्याक्स हलमा आगलागी

आजको खबर   |    प्रकाशित : २०७५ साउन २३ गते ५:४८

मकवानपुर । हेटौंडाको रहेको ओम्याक्स फिल्म हलमा आगलागी भएको छ ।

चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका नरेन्द्र महर्जनको हेटौंडा–४, हुप्राचौरमा रहेको उक्त फिल्म हलमा आगलागी भएको हो । बिहानैदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

प्रहरीका अनुसार विद्युत्त सर्ट भएर आगलागी भएको हो । अहिले आगो नियन्त्रणका लागि अहिले प्रयास भइरहेको छ । आगलागीबाट के कति क्षती भयो एकिन विवरण आउन बाँकी छ ।

२०७५ साउन २३ गते ५:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर